Mar 29, 2013

चलचित्र ‘होस्टेल’ को प्रोमो सार्वजनिक : केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ (भिडियो)

‘केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ , शुक्रबार सार्वजनिक भएको चलचित्र ‘होस्टेल’ को प्रोमोमा नायक सलोन बस्नेत यस्तै संवाद बोल्छन् ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमोमा नव नायक अनमोल केसी, सलोन बस्नेत र गौरब पहाडीको दोस्तीलाई देखाइएको छ । चलचित्रमा निर्माता सुनिल रावल, प्रकृती श्रेष्ठ, सिम्सन थापा, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारीको पनि अभिनय छ ।
चलचित्रले होस्टेल जीवनमा हुने विभिन्न उतारचढावलाई रमाइलो पाराले देखाएको निर्माता रावलले बताए । चलचित्रमा नायक भुवन केसी, कलाकार टिका पहाडी र निर्देशक शोभित बस्नेतको पनि अभिनय छ । जेठ २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रोमोले धेरैको ध्यान खिचेको छ ।
Watch Video ??? Click here.......