Mar 26, 2013

राजेश हमालले करिष्मा मानन्धर संग माफ मागे

महानायक राजेश हमालले नायिका करिष्मा मानन्धरको मोबाईलमा म्यासेज पठाएर भने 'आई एम सरी' । होली पर्वको अवसरमा करिष्माले आज मंगलबार आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा निम्तालु हमालले आउन नसकेपछि सरी मागेका हुन् ।

'मैले होली खेल्न निमन्त्रणा गरेकी हुँ तर उहाँ आउन नसक्ने भन्दै म्यासेज गर्नुभयो,' करिष्माले भनिन्- 'किन आउन चाहनु भएन त्यो थाहा छैन ।' सँगै भेट हुँदा त्यति खुलेर नबोल्ने यो हिट अनस्क्रिन जोडी उक्त होली कार्यक्रममा सँगै नदेखिंदा उपस्थित फिल्मकर्मीले खल्लो महसुस गरेको बताए । केहि दिन अगाडी प्रेमिकाको तस्विर मिडियामा सार्वजनिक भएपछि हमाल सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेको अनुमान लगाईएको छ ।

गोदावरीमा नयाँ देखि पुराना पुस्ताका कलाकारहरूको उल्लेख्य उपस्थिती रहेको होली हंगामा कार्यक्रममा कलाकारहरू रंगमा रंगीदै दिल खोलेर नाचेका थिए । सञ्चारकर्मीहरूको समेत बाक्लो उपस्थिती रहेको उक्त होली कार्यक्रम बिहान करिब ११ बजे तिर शुरू भई साँझसम्म चलेको थियो । गत बर्ष छोडेर बिगत केहि बर्ष देखि करिष्माले आफ्नै निवासमा फिल्मकर्मीहरूसँग होली सेलिब्रेट गर्दै आएकी छिन् ।

यो होली कार्यक्रममा अहिलेका चर्चित अनुहारहरू रेखा थापा, आर्यन सिग्देल, जीवन लुईटेल, निशा अधिकारी लगायतको पनि उपस्थित थिएन ।