Apr 23, 2013

विस्फोटमा परि अमेरिकी राष्ट्रपति बराक ओबामा घाइते

ह्वाइट हाउसमा विस्फोट,ओबामा घाइते
एजेन्सी,बैशाख ११ । अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिक राष्ट्रपति भवन ह्वाइट हाउमा दुईवटा बम विस्फोट भएको छ । विस्फोटमा परि अमेरिकी राष्ट्रपति बराक ओबामा घाइते भएका छन ।
मंगलबार अबेर विश्वको लोकप्रिय र विश्वासिलो मानिएको अमेरिकी समाचार संस्था एसोसिएटस् प्रेस एपिले उसको आधिकारीक ट्विटर अकाउन्टबाट दिएको समाचार हो हो । तर यो समाचार आधिकारी अकाउण्टबाट आएपनि घटना भने आधिकारीक नभएको त्यतिखेर पत्ता लाग्यो जतिखेर एपिको ट्विटर अकाउण्ट अरु कसैले ह्याक गरेको पत्ता लाग्यो ।
ब्रेकिङ न्युज भन्दै ह्वाइट हाउसमा दुई विस्फोट भएको र राष्ट्रपति ओबामा घाइते भएको ट्विट गरेपछि एकाएक सनसनी नै मच्चियो । तर समयमै एपीका प्रवक्ताले आफूहरुको ट्विटर अकाउन्ट ह्याक भएको बताएपछि घटनाले अर्को रुप लिन पाएन । ट्विटर अकाण्ट कसले र कहाँवाट ह्याक गरेको भन्ने खुल्न सकेको छैन । तर अहिले एपिको ट्विटर अकाउण्ट हटाइएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: