लन्डन, चैत १५ - बेलायतमा सात किलो तौलको शिशु शल्यचिकित्सा
नगरी प्राकृतिक विधिबाट नै जन्माउँदाको अनुभव एक आमाले त्यहाँको मिडियामा
बाँडेकी छन्।
जन्म हुँदा शिशुको बाँच्ने संभावना १० प्रतिशत मात्रै बताइएको थियो। तर
अहिले जन्मिएको ६ साता भइसकेको छ र आमा र शिशु दुवै स्वस्थ छन्।
छ साताको भए पनि उसलाई अहिले छ महिनाको बच्चाले लगाउने लुगा लगाइदिने
गर्नुपरेको छ। २ फिट २ इञ्ज अग्लो जर्ज किङको अहिलेको वजन झण्डै ८ किलो
पुगेको छ। (एजेन्सी) जन्मिदै ७ के. जि तौल