
अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा। लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment