सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय
काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ । यस्तै सन् १९९३ मा
मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय
सुनाइएको छ । सञ्जय दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने
बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ ।
सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा
मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी
गरेको थिएन । हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ
। यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका
छन् ।