यसअगाडि निर्माण भएका केही भिडियो यस्ता विषयका कारणले प्रतिबन्धमा परेका कारण पिएसवाईको यो भिडियोलाई पनि प्रतिबन्ध लगाइएको ब्रेडेकास्ट सिस्टमले जानकारी गराएको छ । भिडियोमाथि प्रतिबन्ध लागेको पिएसवाईका मेनेजरले स्वीकार गरेका छन् । भिडियोमाथि प्रतिबन्ध लागे पछि पुन: परिस्कृत गर्ने नगर्ने भन्ने विषयमा मेनेजरले केही खुलाउन चाहेनन् । पहिलो गीत गङ्नम स्टाइलले यु ट्युबमा कीर्तिमान बनाउन सफल भएकै कारण यी गायकले दोस्रो गीत पनि ल्याएका हुन् ।
गङ्नमबाट प्रेरित यी गायकको जेन्टलम्यान गीत सार्वजनिक भएके दिन यु ट्युबमा करिब साढे ४ करोडले अवलोकन तथ्य सार्वजनिक भएका छन् । अहिले पनि भिडियो हेर्ने संख्या दिनदिनै बढ्दै छ । अहिलेको गतीले अगाडि बढ्ने हो भने जेन्टलम्यानले गङ्नम स्टाइल जित्ने अनुमान लगाइएको छ । यी गायकका गङ्नम स्टाइल गीत यु ट्युबमा राखेको नौ महिनामा १ अर्ब ५२ करोडले हेरेका थिए । पछिल्लो गीतको नाम जेन्टलम्यान भए पनि भिडियोमा अभिनय गर्ने क्रममा गायक जेन्टलम्यानका रूपमा प्रस्तुत भएका छैनन् । गायक यो भिडियोमा जेन्टलम्यानका विपरीत भूमिकामा देखिएका छन् । (एजेन्सी)