Mar 28, 2013

सञ्जय दत्त रोए अदालतमा


 काठमाडौ, चैत्र १५ - सन् १९९३ को मुम्बई बिस्फोटमा अदालतले दोषी ठहर्‍याएको भारतीय कलाकार सञ्जय दत्तले अदालतले तोकेको समयभित्रै आत्मसमर्पण गर्ने बताएका छन् । बिहीबार सञ्चारकमीसँग कुरा गर्दै उनले आफूले माफी माग्ने कुनै बाटो नपाएको बताए ।
dutta बहिनी पि्रया दत्तसँगै देखिएका उनले आत्मसर्पण गर्नुअघि बाँकी कामहरु पूरा गर्ने बताए । एकै पटक तीन वटा फिल्मको काम चल्दै गर्दा अघिल्लो हप्ता अदालते उनलाई ५ बर्षको कैद फैसला सुनाएको थियो । यसअघि पटक पटक गरी १८ महिना बढी जेल बसिसकेकाले उनले अब बाँकी समय मात्रै जेलमा बिताउनुपर्ने हुन्छ ।
हिन्दू मुस्लिम बिवादको प्रतिशोधमा गरिएको मुम्बई आक्रमणमा २५७ जनाको मृत्यु भएको थियो भने ७ सय बढी घाइते भएका थिए ।
उक्त घटनामा दोषी ठहर्‍याइएका एकसय मध्ये १२ जनालाई भारतीय अदालतले मृत्यु दण्डको फैसला सुनाएको छ भने २० जनालाई आजिवन काराबासमा पठाएको छ । दत्त ती मध्ये सबैभन्दा हाइप्रफाइल व्यक्ति हुन् ।
उनलाई मुम्बई घटनाका मुख्य आरोपीसँग हतियार खरिद गरेर घरमा अवैध रुपले राखेको आरोप छ । दत्तले भने आफ्नो सुरक्षाको लागि हतियार  राखेको प्रष्टीकरण दिँदै आएका छन् । उनी हिन्दु बुवा र मुस्लिम आमाका सन्तान हुन् । हिन्दू र मुस्लिमबीच विवाद उत्पन्न भएको बेलामा आफू र आफ्नो परिवारको सुरक्षाको लागि हतिया राखेको उनले भन्दै आएका छन् । उनीवरुद्ध आतंकवादी षड्यन्त्र बनाएको, अवैध हतियार राखेको गरी ५ वटा मुद्दा थियो । अदालतले उनलाई अवैध हतियार राखेको आरोपमा मात्रै सजाय सुनाएको  हो ।
'जेल जानुअघि मैले धेरै काम गर्नुछ' उपस्थित सञ्चारकर्मीसँग भावविह्वल हुँदै उनले भने,'कृपया मलाई शान्तसँग बस्न दिनुहोस्, म परिवारसँग पनि समय बिताउन चाहन्छु । म मेरो देशलाई पनि माया गर्छु ।'