५ चैत, एजेन्सी । उत्तर कोरियाले केहि दिनअघि अमेरिका र दक्षिण
कोरियालाई आफ्नो देश युद्धका लागी तयार रहेको बताएको थियो । विभिन्न युद्धक
दस्ता तथा आणविक हतियारहरू सञ्चारमाध्यममा ल्याएर उत्तर कोरियाले अमेरिका र
दक्षिण कोरियालाई आक्रमणको चेतावनी दिएको थियो । उनीहरुले देखाएको आणविक
हतियारहरू र सेनाहरुले गरिरहेको युद्धको अभ्यास पनि साच्चिकै भएको भन्दै
अमेरिका र दक्षिण कोरियाको पनि सातो गएको थियो ।
तर, उत्तर कोरियाले सबैलाई झुक्याएको हुन सक्ने अनुमान गर्न थालिएको छ । उसले सञ्चारमाध्यममा प्रेसित गरेका तस्विरहरूमा फोटोसपको प्रयोग गरेर अभ्यास र हतियारलाई भयानक देखाउने प्रयत्न गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । विश्लेषणकर्ताहरूले ती तस्विरहरूमा फोटोसप प्रयोग गरिएको दावी गर्दै उत्तर कोरियाले तर्साउनका लागी मात्र यस्ता तस्विरहरू प्रेसित गरेको विश्लेषकहरुको दावी छ ।
उत्तर कोरियाले आफ्नो देश अमेरिका र दक्षिण कोरियामा थी आक्रमण गर्न तयार रहेको भन्दै आफ्नो क्षेत्र नजिक नियन्त्रण तथा निगरानी गर्ने काम तत्काल बन्द गर्न चेतावनी समेत दिएको थियो ।