स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३
वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३
वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीले जेलको हावा खानुपरेको हो ।
जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको
भेष गरेर १६ वर्षकी कि किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट
समेत गरेर यौन सम्पर्क गरेकी थिइन् । अदालतमा मुद्दा दायर गर्ने डेभिड
मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती
किशोरीलाई ललाइफकाइ गरेकी थिइन् ।
केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने
ती किशोरी लण्डनकी हुन् । भविष्यमा विवाह गर्ने आश्वासन दिँदै साथीको घरमा
बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् र त्यसपछि पनि
तिन पटकसम्म उनले बलात्कार गरिन् । बलात्कारमा पर्ने किशोरीको झोलामा
कृत्रिम लिंग फेला परेपछि उनकी आमाले केरकार गर्दा ती किशोरीले आफ्नो
सम्बन्धको बारेमा सबै खुलस्त पारिन् ।
त्यसपछि ती किशोरीकी आमाले त्यसरी
बलात्कार गर्ने केटा नभएर केटी भएको भन्दै जस्टिनलाई पक्राउ गराउने निधो
गरिन् । आखिर फेरी सेक्स गर्नका लागि जस्टिनलाई ती किशोरीले बोलाइन् र सोही
बेलामा प्रहरीद्धारा उनलाई पक्राउ गराइयो । उड ग्रिन क्राउन अदालतले
केटाको भेषमा किशोरीलाई बलात्कार गर्ने ती युवतीलाई साढे ३ वर्षको जेल सजाय
सुनाएको हो ।