Apr 23, 2013

जेन्टलम्यानको नेपाली प्यारोडी (With Video)

‘जेन्टलम्यान’को नेपाली प्यारोडी बन्यो (गीतसहित)
काठमाडौं, वैशाख १० । दक्षिण कोरियाली गायक पार्क जे सुङ (साइ)को नयाँ म्यूजिक भिडियो ‘जेन्टलम्यान’ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । साइको उक्त भिडियो यु–ट्युवमा मंगलबारसम्ममा २० करोड भन्दा बढी पटक हेरिएको छ ।

यु–ट्युवमा दिनानुदिन लोकप्रिय बन्दै गएको साइको जेन्टलम्यान उनकै देश दक्षिण कोरियामा भने प्रतिबन्धमा परेको छ । भिडियोमा केही ‘असामाजिक गतिविधि’युक्त दृष्य रहेको भन्दै त्यहाँको टेलिभिजनले उक्त भिडियो प्रतिबन्ध गरेको समाचारमा जनाइएको छ ।

सोही जेन्टलम्यानको नेपाली प्यारोडी तयार भएको छ । सञ्चारकर्मी सुरजवीर बज्राचार्यले ‘मोटोघाटो जेन्टलम्यान’को नाम दिएर नेपाली भाषामा प्यारोडी तयार गरेका हुन् । जेन्टलम्यानको नेपाली प्यारोडीलाई पूरै नेपालीकरण गरिएको छ भने गीतमा राजनीतिक व्यंग्य गरिएको छ ।

जेन्टलम्यानको नेपाली प्यारोडी तयार पारेका सुरजले यसअघि साइको विश्व चर्चित म्युजिक भिडियो ‘गंगनम स्टाइल’लाई नेपाल भाषामा प्यारोडी बनाएका थिए । ‘ग्यान्पु स्टाइल’ बोलको उक्त प्यारोडी नेपाल भाषीमाझ चर्चित बनेको छ भने ‘नथिङ इन इम्मोसिबल’ नामक नेपाली फिल्ममा समेत उक्त गीत समावेश गरिएको छ ।
(मोटोघाटो जेन्टलम्यान सुन्न यहाँ क्लिक गर्नुहोस्)