२६ चैत,
नवलपरासी । नेपाली काँग्रेसका शीर्ष नेताहरुले अबको चुनावमा जनतालाई
ढाँट्ने र छल्ने जालीहरु पत्तासाफ भएर जाने दाबी गरेका छन् । उनीहरुले
आगामी चुनाववाट काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्नेसमेत दाबी
गरेका छन् ।
नवलपरासीको परासीमा उल्लेख्य जन
सहभागितावीच महासमिति बैठकको उद्घाटन सभालाई सम्बोधन गर्दै सोमबार सभापति
सुशील कोइरालाले काँग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले अबको चुनावमा
जनताले ठूलो पार्टी बनाउने दाबी गर्नुभयो । कोइरालाले भन्नुभयो,-
‘काँग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताले जिताए टाउको ठाडो
पाछौर्ं, जनताले विश्वास नगरी टाउको निहुराउने बनाए भने निहुर्याउन तयार
छौं ।(onlinekhabar)