Apr 24, 2013

८ बर्ष को भयो You Tube !

ह्याप्पी वर्थडे युट्युव
भिडियो सेयरिङका लागि सबैभन्दा लोकप्रिय रहेको समाजिक सञ्जाल युट्युव आठ वर्षको लागेको छ। मंगलबार साँझबार आठ वर्षको हुँदा धेरैले यसको जन्मदिन विर्सेका छन्। २००५ को अप्रिल २३ मा पहिलो पटक युट्युवमा भिडियो अपलोड भएको थियो। ए टि्रप टू दी जू शीर्षकको यो भिडियो बाट सुरु भएको अनलाइन भिडियो क्रान्ति अहिले युट्युव च्यानलमा पुगेको छ। र पनि संचारको यो क्रान्ति रोकिएको छैन, जारी छ।
सबैभन्दा पहिलो अपलोड गरिएको चिडियाखानको भिडियो याकोभ लेप्टस्काइले खिचेका थिए। स्यान
डिआगो चिडियाघरमा सुटिङ गरिएको थियो। युट्युवमा पहिलो पटक भिडियो सार्वजनिक भएको त थाहा
पाउनुभयो। तर, तपाँइलाई याद छ तपाँइले यो सामाजिक सञ्जालमा कहिले अपलोड गर्नुभयो? थाहा
छैन भने युट्युवमा तपाँइको प्रवेशको दिन खोजिहाल्नुस् त्यसको पनि ऐतिहासिक महत्व हुनसक्छ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: