प्रसस्त केरा खाने मान्छेमा हृदयाघात तथा
अन्य मुटुजन्य रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका
अनुसार केरा लगायत पोटासियम पाइने फलफूल नियमित खाने तथा नुन बढि हुने
विभिन्न खाले ड्राइ फुड कम खाने मानिसमा हृदयाघातको खतरा कम हुन्छ ।
पोटासियम पर्याप्त हुने फलफुलले रक्तचाप कम गर्न मद्दत गर्ने र नुनको सेवन
घटाउँदा अझ फाइदाजनक हुने शोधकर्ताहरुको भनाइ छ । अध्ययनले पोटासियम पाइने
फलफुल प्रसस्त खाने मानिसमा हृदयाघातको जोखिम २४ प्रतिशतले कम हुने पनि
देखाएको छ ।
केरा अत्यधिक पोटासियम पाइने फल मध्येको
एक हो । एक कोसा केरामा झण्डै ४२० मिलिग्राम पोटासियम पाइन्छ । यसअघि
पोटासियमको बढि मात्रा सरीरका लागि हानिकारक हुने र त्यसले
मृगौलामा खराबी गर्ने विश्वास गरिँदै
आएकोमा पछिल्लो अनुसन्धानले भने पोटासियमले मृगौलामा कुनै हानि नगर्ने
पुष्टि भएको हो । एक जना व्यक्तिलाई सन्तुलित भोजनका निमित्त एक दिनमा ३५
सय मिलिग्राम सम्म पोटासियम आवश्यक पर्ने बताइन्छ ।