Apr 21, 2013

अस्पतालबाट डिस्चार्ज भएपछि पूर्व युवराज पारसलाई थाइल्याडमै पुनस्र्थापना केन्द्रमा राखियो

पारसको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै पूर्व राजा ज्ञानेन्द्रले स्वास्थ्य अवस्थामा थप सुधारपछि पारस स्वदेश फर्कने बताए । देशको राजनीति समेत अस्वस्थ अवस्थामा रहेको टिप्पणी गर्दै उनले देशलाई सही ढङ्गले अघि वढाउन जिम्मेवार बन्न सबैलाई आग्रह समेत गरे ।


पूर्व राजा ज्ञानेन्द्रसँगै पूर्व युवराज्ञी हिमानी र पारसकी जेठी छोरी पनि काठमाडौंं फर्किएका छन् । गत फाल्गुन ८ गते हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएका पूर्व युवराज पारसको ११ दिनपछि होश खुलेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि पूर्व युवराज पारसलाई हाल थाइल्याडमै पुनस्र्थापना केन्द्रमा राखिएको छ ।
 छोरा पारसको स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्किएका छन् । डेढ महिना भन्दा लामो समय बैंककमा रहेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा सुधार भईरहेको र हाल उनलाई पुनस्र्थापना केन्द्रमा राखिएको जानकारी दिए ।