झूलिक नामको यो १० वर्षको कुकुरलाई
यतिधेरै धन दिने अमेरिकी नागरिकको नाम जोन फयोडोरोब हो । एक स्थानीय
पत्रिकाका अनुसार मिन्स्क क्षेत्रको उक्त कुकुरकोे लागि बैंक एक विशेष
अकाउण्ट पनि खोलिएको छ । त्यसमा अहिलेसम्म ९ लाख ९३ हजार ७ सय डलर जम्मा
भैसकेको छ ।
कुकुरलाई करोडपति बनाउने जोन उक्त कुकुरको
लागि एक ठूलो कोठा होस्, त्यसमा ठूलो ओछ्यान होस् र कुकुरकै लागि प्लाज्मा
टिभी राखिएको होस् भन्ने आफ्नो अन्तिम इच्छा रहेको बताउँछन् ।
कम्तिमा पनि दिनमा ३ पटक सन्तुलित भोजन
त्यो कुकुरले खान पाओस् र त्यसमा आधा किलोभन्दा बढि मासु होस् भन्ने उनको
चाहना छ । यति मात्र होइन दिनमा कम्तिमा पनि २ पटक ताजा हावामा घुमाउने तथा
वर्षमा एक पटक यो कुकुरलाई विश्वको कुनै एक देशको यात्रामा लैजाने पनि
उनको सपना छ ।