यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका
लागि एक ‘र्यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ ।
सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको
माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल
प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप
कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ ।
होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै
कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले
स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२
अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन
खाले स्मार्टफोन छन् ।