Apr 23, 2013

यु ट्युबमा भिडियो राखेर कसरी कमाउने पैसा ?


सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् । अनलाइनमार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो ।
 
यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् । त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फम भर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक प्रकारले यु ट्युबसँग आबद्ध हुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: