Mar 1, 2013

२ ३ गते नेपाल बन्दको घोषणा


प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारी रोक्न भन्दै नेकपा-माओवादीसहितका ५ दलले नेपाल बन्दको घोषणा गरेका छन् ।

 माओवादी पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार बसेको बैठकले २२ गते देशभर मसाल जुलुस गर्ने र २३ गते बन्द गर्ने निर्णय गरेको हो । ‘स्थानीय स्तरमा कोषणा, भित्ते लेखनसहितका दबावमुलक कार्यक्रम गछौं’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भन्नुभयो-’केन्द्रीय स्तरमा बन्द आहृवान गरेका छौं ।’

माओवादीसहितका ५ दलले प्रधानन्यायाधीशको नेतृत्वमा बने उक्त सरकारले गराउने चुनाव समेत बहिस्कार गर्ने तयारी गरेका छन् । यद्यपी छलफल जारी रहेकाले निर्णय भने नभएको एक नेताले बताए ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: