Mar 19, 2013

ल्यायो आँखाले कन्ट्रोल गर्न मिल्ने स्मार्टफोन -सामसुङ्गले दियो एप्पललाई चुनौती

चर्चामा रहेको आईफोन ५ लाई चुनौति दिने गरि सामसुगंले अर्का नयाँ स्र्माट फोन ल्याएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक शानदार समारोहमा सो स्मार्टफोन सार्वजनिक गरिएको हो । दक्षिण कोरियाली सामसुगं कम्पनीले एक स्मार्टफोन बजारमा ल्याएको छ कि जस्को स्क्रीन आखाँ बाट नियन्त्रीत हुन्छ । यस्मा स्मार्ट पोज नामको एक विशेषता छ, जस्मा उपभोक्ता स्क्रीनभन्दा बाहिर हेर भने चलिरहेको भिडियो नै रोकिन्छ, ग्यालेक्सी एस ४ नाम दिईएको यस फोनको स्क्रीन पाँच ईन्च र १२ दशमलव ५ सेन्टीमिटरको बडि रहेको छ ।
सामसुंगले पछिल्लो समय बजारमा स्मार्टफोन एस ३ लिएर आएको थियो, जुन स्मार्टफोन ४ करोड युनिट विक्रि भैसकेको छ । एस ४ को अर्का चमत्कार के भने यस्ले एकैसाथ दुई ओटा तस्बीर खिच्न सक्छ । न्युयोर्कमा सो सामारोहमा एस ४ बारेको थप जानकारी दिईएको थियो । सामसुंगले अमेरिकि कम्पनी ऐप्पलको कडा टक्कर दिने अवस्था सिर्जना गरेको विशलेषकहरुले बताएका छन् ।
एप्पले आप्mनो आईफोनको विश्वभरनै ठुलो चर्चा गराएपछि सामसुंग पनि नयाँ नया स्मार्टफोन सार्वजनिक गरि एप्पललाई टक्कर दिने धुनमा उत्रिएको हो । ग्यालेक्सी एस ४ अप्रिलको अन्तीम सम्ममा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्मा पछाडी १३ मेगापिक्सेल र अगाडी २ मेगापिक्सेलको क्यामेरा छ, यो यस अगाडीको फोनको तुलनामा हलुका पनि रहेको कम्पनीले जनाएको छ ।