Mar 24, 2013

कस्ता छन् बैंककमा पारस

काठमाडौं, चैत १० – हृदयघात भएपछि थाइल्याण्डको एक अस्पतामा उपचाररत पूर्वयुवराज पारस शाहको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । एनआरएन बैंककका महासचिव सुनील खड्काले शनिबार नै खिचिएको भन्दै फेसबुक माफर्त पारसको तस्बिर सार्वजनिक गर्नुभएको हो ।
उहाँको स्वास्थ्यलाभको कामना गर्दै समर्थक सुभेच्छुकले नेपालमा विभिन्न कार्यक्रम गरेका थिए ।

यसैबीच पारश शाह आउँदो बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुने हुनुभएको छ ।  बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पारस शाह हिँडडुल गर्न सक्ने भएको र बिहीबारसम्ममा अस्पतालले डिस्चार्ज गर्न लागेको खबर नयाँ पत्रिकाले छापेको छ ।
एनआरएन बैंककका महासचिव सुनील खड्काका अनुसार पारश अस्पतालभित्रै सामान्य हिँडडुल गर्न र आफै खाना खान सक्ने हुनुभएको छ ।
शाह अस्पतालबाट डिस्चार्ज भएपछि अस्पतालको नियमित सम्पर्कमा रहिरहनुपर्ने समाचारमा जनाइएको छ ।
गएको फागुन ८ गते हृदयघात भएपछि पूर्वयुवराज शाहलाई थाइल्याण्डको समितिभेज अस्पताल भर्ना गरिएको थियो ।