Mar 20, 2013

नायक सुमनलाई मुटुमा समस्या अस्पताल भर्ना

 नायक सुमन सिंहको मुटुमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । मंगलबार भारतबाट र्फकदै गर्दा उनलाई मुटुमा समस्या देखिएको थियो । मुटुमा समस्या भएपछि उनको दाइले उनलाई शहिद गंगलाल हृदय रोग केन्द्र बाँसबारी लगेका थिए ।सुमनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर चिकित्सकले ३ दिन अस्पतालमा बस्नुपर्ने बताएका छन् । त्रिभुवन बिमानस्थलमा प्लेनबाट बाहिर निस्किदै गर्दा उनलाई मुटुमा समस्या देखिएको हो ।