Mar 14, 2013

पाल्पामा दिपावली

 पाल्पाका स्थायी बासिन्दा प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी सरकारको प्रमुख भएपछि पाल्मा खुसीयाली छाएको छ । पाल्पाबाट हालसम्म कोही पनि मन्त्री भएका थिएनन् तर यसपाली सरकार प्रुमख र एक मन्त्री समेत पाल्पाबाटै परेका छन् ।
पाल्पाको बन्दीपोखरा निवासी पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे गृहमन्त्री नियुक्त हुनुभएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनेका प्रधानन्यायाधीश रेग्मी पाल्पाको पोखराथोकमा जन्मिनुभएको हो ।  
खिलराज रेग्मीले चुनावी सरकारको प्रमुखको रुपमा सपथ गर्ने जानकारी बुधबार बेलुका नै पाएका पोखराथोकबासी बिहानैदेखि रेग्मीको घरमा जम्मा भएर टेलिभिजन हेरेका थिए ।
रेग्मीको सपथग्रहण टेलिभिजनमा हेरिरहेका खिलराजका काका टंकनाथ र काकी बिष्णुकुमारीले हर्षको आसु बगाए । पोखराथोकबासीले बिहानैदेखि मिठाई बाडेर खुसी ब्यक्त गरेका छन् । बेलुकी नाचगानको तयारी भएको स्थानीयबासी झपेन्द्र गैरेले जानकारी दिनुभएको छ । गाउँमा दिपावलीको तयारी भएको छ ।
असार पहिलो हप्ताभित्र संविधानसभाको चुनाव गर्ने मुख्य जिम्मेवारी सहित सरकार प्रमुखको जिम्मेवारी सम्हालेका रेग्मीबाट जिल्लाबासीले राजनितिक गतिरोधको अन्त्यसँगै जिल्लाको विकास पनि खोजेको गैरेले बताउनुभयो ।
पूर्व प्रधानपञ्च समेत रहेका खिलराजका बुवा ढुण्डीराजको निधन भएपछि आमा चित्र कुमारीलाई खिलराजले काठमाण्डौ लानुभएको थियो ।
अहिले रेग्मीको घर छिमेकी श्रीमान् थापाले हेर्दै आउनुभएको छ । घरका मालिक सरकार प्रमुख बनेका थापा पाएपछि छिमेकी सबैलाई मिठाई बाँडेको थापाले बताउनुभएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: