Mar 21, 2013

कसरी भयो सिता एयर को बिमान दुर्घट्ना ???

काठमाडौ, चैत्र ८ - असोज १२ गते भएको सीता एयर को बिमान दुर्घटना बढी तौलका कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयर को डोर्नियर बिमान उडेको एक

मिनेटमै दुर्घटना भएको थियो । दुर्घटनामा १२ बिदेशी, चार नेपाली यात्रुसहित चालक दलका तीन जनाको मृत्यु भएको थियो ।
उड्नेबित्तिकै बिमानसाग चरा ठोक्किएको भए पनि ईन्जिनमा कुनै असर नपरेको छानबिन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक प्रतिवेदनमा बढी तौललाई बिमान दुर्घटनाको प्रमुख कारण मानिएको छ ।
Picture By : Kantipur
घटनापछि अनुसन्धानका लागि गठित समितिले पर्यटन मन्त्रालयलाई भर्खरै बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटना क्षमताभन्दा बढी तौल राखिएको कारणले भएको औल्याएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार प्रतिवेदनमा उक्त बिमान दुर्घटना हुनुको कारण पाइलट नभई व्यबस्थापन भएको दाबी गरिएको छ ।
'जहाजमा कति भार राख्ने कुरा पार गर्ने दुरी, त्यहाँको मौसम र तापक्रम अनुसार फरक हुन्छ', मन्त्रालय स्रोतले भन्यो,' सीता एयर को बिमानमा क्षमताभन्दा बढी तौल थियो ।' बिमानले कति तौल बोक्थ्यो र कति तौल बढी हालिएको थियो भन्ने कुरा स्रोतले खुलाएको छैन् । पूर्ण प्रतिवेदन आएपछि यथार्थ बाहिर आउने स्रोतको भनाई छ ।
नागरिक उड्ययन प्राधिकरणले सबै बिमानमा आवश्यक मर्मत गरेर तौल क्षमताको पहिचान गर्नुपर्ने सुझावसमेत प्रतिवेशनमा दिइएको छ । प्रारम्भिक प्रतिवेदनमा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलको तौल जाँच्ने मेशिन सुधार गर्न पनि सुझाव दिएको छ । 'त्रिभुवन बिमानस्थलमा जाँच्दा ११ केजी तौल देखाएको सामान लुक्ला बिमानस्थलमा १५ केजी देखायोको थियो', स्रोतले भन्यो ।
प्रतिवेदन सार्वजनिक भए नेपालको उड्यन क्षेत्रमा हुने गम्भीर लापरवाही पनि बाहिरिने अनुमान गरिएको छ । नेपालमा बिदेशीलाई ७५ केजी र नेपालीलाई ७० केजी तथा महिलालाई ६५ केजी औसत तौल अनुमान गरी बिमानमा राखिन्छ । तर, बिदेशमा एकजनाको तौल औसत ९० केजी हुने अनुमान गरिने स्रोतले उल्लेख गरेको छ ।
मृतकहरुको सब चालक बस्ने ककपिटनजिकै भेटिएकाले उनीहरु बिमान दुर्घटना हुत्तिएको अनुमान गरिएको छ । बिमानमा राखिएको कमजोर सिटबेल्टले पनि यात्रुहरुको तौललाई नधानेको प्रतिवेदनमा उल्लेख छ ।
'उड्ने बित्तिकै बिमान चरासाग ठोक्किएको भए पनि पाइलटले कन्ट्रोल रुमलाई जानकारी गराएका रहेनछन्', स्रोतले भन्यो । समितिले बिभिन्न निकायसाग छलफल र परामर्श गरेपछि मात्रै पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने स्रोतले बताएको छ ।
पूर्व पर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएको थियो । बेलायते पनि दुर्घटनामा आफ्ना ७ नागरिकको मृत्यु भएको भन्दै अनुसन्धानमा सहयोग गर्न २ जना बिशेषलाई नेपाल पठाएको थियो ।