Mar 22, 2013

दीपा झ्याप

चर्चित अभिनेतृ दिपाश्री निरौलाले होली नजिकिदै गर्दा आफ्नो होली र भाङको अनुभव बाँडेकी थिइन। एक साप्ताहिकसंग आफ्नो अनुभव बताउँदै दिपाले बाल्यकाल देखि हालसम्मका केही रोचक अनुभव सुनाइन्। दिपाका अनुसार उनले ४ वर्षको उमेरमै भाङको घोट्टा चाखेकी थिइन्। त्यतीखेर उनलाई हेरचाह गर्ने एक मगरदाईले घोट्टा चखाएका थिए।उनले मिठो लागेर फेरी मागेपनि बेला भएको छैन् भनेर उनलाई मगर दाईले सम्झाएका थिए। उनले विराटनगरमा मात्नेगरि भाङ खाएको पनि सम्झिन्छिन्। केटाहरुले धेरैपटक फकाईफकाई भाङ ख्वाउँथे,भाङ खाएपछि शहर डुल्ल अफ्ट्यारो लाग्दैनथ्यो,राम्री केटीलाई लिएर शहर डुल्न केटाहरु जहिलै अघी नै हुन्थे-उनले अनुभव बताइन्। उनले होली भन्ने बितिकै विराटनगर सम्झने र काठमाडौ बसेको २० वर्षभएपछि विराटनगरको होली बिर्सन नसकेको बताइन्। दिपाले अघिल्लो वर्ष घटेको रोचक घोटा प्रसंग पनि सार्वजनिक गरेकी छिन्। 

दिपा भन्छिन्-'सामाखुसीमा तराईकै जस्तो राम्रो घोटा पाइन्छ भन्ने सुनेकी थिए,एक जना भाइले त्यो ल्याइदिने व्यवस्था मिलाए। मैले र लुना दिदिले एकबिहानै त्यो घोट्टा अघाइन्जेल पिइदियौं । ८ बजे अनामनगरमा दिपक(दिपकराज गिरि)लाई भेट्ने कार्यक्रम थियो। म बानेश्वरबाट गाडी चलाएर दिदिसंग अनामनगर आइपुगे। त्यहाँ कफी पिउँदै दिपकलाई पर्खने क्रममा दिदिलाई नराम्रोसंग भाङ लाग्यो। हेर्दा हेर्देा उहाँले फिजा काट्न थाल्नु भयो,हतार हतार उहाँलाई गाडीमा हाले, टाउकोमा पानी खन्याए। अस्पताल लानु की दिपकलाई कुर्नु दोधारका बेलामा मलाई पनि भाङ लागिहाल्यो।' दिपा भन्छिन्-'त्यसपछि विभिन्न मिडियाको कार्यक्रममा पुगेछु,हल्ला गरेछु। लास्टमा बानेश्वरको एउटा रेष्टुरेन्टमा बसेर बियर पिएछौं, तर केही थाहा भएन् ।' भोलीपल्ट पत्रिकामा विन्दास पोजका तस्विर छापिएको पनि दिपाले सुनाइन्। सेलेब्रेटी भएकाले कतिपय अवस्थामा रमाइलो पनि गर्न पाइदैन्, दिपाले दुखेको पोखिन्।