१५ चैत, इलाम । इलामको साँखेजुङमा झन्डै
५५ फिटभन्दा लामो सुरुङ फेला परेको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको
पुख्र्यौली घरदेखि केही माथि नेपालटार मंगलवारे सडक खण्डको चतुरे मोडदेखि
खनिएको मोटरएवल सडकको केही तल तेजनाथ खनालको जमिनमा खनिएको सुरुङ फेला
परेको हो ।
स्थानीयबासी पनि सुरुङको बारेमा अनविज्ञता
प्रकट गर्न थालेका छन् । सुरुङभएको स्थान नजिकै भएका सुरने राइले भने,’यो
कहिले खन्यो, किन खन्यो, बाँस काट्न जाँदा सालकले खनेजस्तो लाग्यो र हेरेको
ठूलो सुरुङछ,’ उनले भने ‘म पहिले रोजगारका लागि विदेश जाँदा यस्तो थियो
जस्तो लाग्दैन, अहिले आफैले देखें ।’
सुरुङ कहिले र के प्रयोजनका लागि खनिएको
भन्ने खुल्लन नसकेपनि त्यसको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला
प्रहरी कार्यालय इलामले जनाएको छ । कुनै भूमिगत समूहले हतियार लुकाउने
प्रयोजनका लागि सुरुङ खनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सरुङ
खनिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सुरुङ निर्माणका लागि झम्पल, गैतीलगायतका
औजार प्रयोग गरिएको प्रहरीको भनाई छ । उक्त सुरुङ हेर्न आजभोली
स्थानीयबासीको उल्लेख्य उपस्थिति बढ्न थालेको छ ।