नेपाली चलचित्रका महानायक राजेश हमालले २०७० सालको सुरूवातमा नै विबाह
गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी
प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो
महिनामा नै विबाह गर्ने सुरमा छन् ।
करिब
७ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहको रूप दिन राजेश हमाल तथा उनकी
प्रेमीका मधु भट्टराई पनि तयार रहेको हमाल निकट स्रोतले जनाएको छ । झण्डै
५० को हाराहारीमा पुगेका राजेश र ३० पनि ननाघेकी मधु भट्टराईबीचको प्रेम
सम्बन्धले विबाह रूप लिने भएपछी राजेशकी प्रेमीका मधुको गृह नगर विराटनगर त
तातेको छ नै चलचित्र क्षेत्र पनि उत्तिकै गरमागरम भएको छ ।
सन् २००४ मा 'लक्स ब्युटी स्टार'मा भाग लिएकी मधुको भेट राजेशसँग सोही
कार्यक्रममा भएको थियो । सानैदेखी राजेश हमालको फ्यान रहेकी मधुले राजेशलाई
नै पहिले प्रेम प्रस्ताव राखेको बताइएको छ । मधुले राखेको प्रेम
प्रस्तावलाई राजेश हमालले भने केहि महिनापछी मात्र स्विकार गरेका थिए । 'म
चाडै विबाह गर्दैछु' भनेर अन्तरवार्ताका क्रममा भन्दै हिड्ने गरेका उनको
विबाहको साइत भने बल्ल जुरेको छ ।
हमाल निकट स्रोतका अनुसार हमालले ज्योतिषीको भनाई अनुसार २०७० सालमा नै
बिवाह गर्ने तयारी गरेका हुन् । ज्योतिषीले उनलाई २०७० साल अगाडि विबाह
नगर्न भनेका कारण उनी अहिलेसम्म विबाह नगरी बसेको बताइन्छ । राजेश हमालको
लगनगाँठो मधुसँग कहिले जुर्छ या जुराईन्छ त्यो भने चर्चा तथा प्रतिक्षाको
विषय बनेको छ ।