Mar 25, 2013

हराएकी अरुणिमा पिपलामा देखा परिन

छोरी जन्माएपछि अभीनय यात्राबाट केही टाढा रहेकी अरूणिमा लम्साल फेरी चलचित्र क्षेत्रमा फर्कनै भएकी छिन् । होलीको अवसर पारेर आगामी चैत १३ गतेबाट छायांकन सुरू गर्न लागेको चलचित्र 'पिपल'मा नायीका लम्साललाई अभिनेत्रीको भूमिकामा देख्न पाइने भएको छ ।

 उक्त चलचित्रमा नायीका अरूणिमाले टिनेजर युवतीदेखी बृद्ध महिलासम्मको भूमिका निर्वाह गर्ने भएकी छिन् । राम्रो चलचित्रको खोजीमा रहेको अवस्थामा पिपललाई पाएको नायीका अरूणिमा बताउँछिन् । उनले पिपलमा रहेको आफ्नो भूमिकालाई न्याय गर्ने बताएकी छिन् । उक्त चलचित्रमा अरूणिमाको साथमा किशोर खतिवडा, शुष्मा अधिकारी, अमिर ठकुरी र ध्रुव कोइरालाको मुख्य भूमिका रहनेछ ।