१५ चैत, विराटनगर । घर कलहको झोंकमा आमाले विष खुवाउँदा दुई वर्षीया एक
बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक छ।
सुनसरी नर्सिङ-४ बस्ने २० वर्षीया आमा सबनम खातुनले आफूसँगै दुई वर्षीया छोरी सकिना खातुन र आठ महिनाको छोरा हसबुललाई विष खुवाएपछि छोरी सकिनाको आज उपचारका क्रममा मृत्यु भएको हो।
आमा सबनमले घर कलहको झोंकमा बुधबार राति दुई नानीसँगै आफूले पनि विष सेवन गरेकी थिइन्। विष सेवनबाट गम्भीर घाइते आमा र दुई नाबालकलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा छोरी सकिनाको मृत्यु भइसकेको र आठ महिने छोरा हसबुल र आमा सबनमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रासस