Mar 15, 2013

कस्तो अचम्म ! ९ बर्ष देखि निरन्तर दुध दिने गाई

@Aafnaikhabar
इलाम,  गाईले कति बर्ष दूध दिन्छ ? सबैलाई थाहा छ, एक/डेढ बर्षसम्म तर, इलाम मंगलबारे-६ याक्सीका बालकृष्ण आर्चायले पालेको एक गाईले नौ बर्षसम्म निरन्तर दूध दिइरहेको छ । २०६० साल जेठ २३ गते दोस्रो पटक व्याएको गाईले अहिलेसम्म मज्जाले दूध दिईरहेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो-’घाँस खोले पुर्‍याउँदा दिनमा आठ लिटरसम्म दूध दिन्छ ।’
२०५६ सालमा आफन्तकैबाट १४ हजार रुपैयाँमा किनेर ल्याएको उक्त गाईको दूध स्थानीय मंगलबारे बजारका होटलहरुमा १० रुपैयाँ प्रतिलिटर बेच्न थालेको सुनाउँदै आचार्यले भन्नुभयो-’अहिले दूध नै २६ रुपैयाँ प्रतिलिटरमा बेचिरहेको छु ।’ यही गाईको दूध बेचेर अहिलेसम्म तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेको जानकारी दिँदै आचार्यका छोरा चन्द्रमणि आचार्यले भन्नुभयो-’यो गाई किन्न धेरै टाढादृेखिका मान्छे आए, तर यतिको गनिलो गाई बेच्ने मनै भएन् ।’
धेरै पशु चिकित्सकसँग सल्लाह गरेर साँढे लगाउन धेरै प्रकारका औषधि खुवाएको तर, अहिलेसम्म निरन्तर दूध दिइरहेको आचार्य परिवारले बताएको छ । गाईले यति धेरै बर्षसम्म निरन्तर दूध दिन्छ भन्ने आफूलाई पनि नलागेको भन्दै बालकृष्णले भन्नुभयो-’अरु खसी बाख्रा बेच्न सकिन्छ, तर यो गाई बेच्न सकिन्दन् ।’
स्थानीय भेटेरिनरी जेटिए केशब भट्टराईले उक्त गाई आफूले पनि देखेको हेरेको भन्दै भन्नुभयो- ‘गाईमा कुनै किसिमको रोगको संक्रमण पनि छैन् ।’ गोरखापत्रमा खबर  छ।