Mar 24, 2013

२०, बैशाखलाई सर्यो ‘मञ्जरी’

चलचित्र सेन्सर बोर्डले केही दृश्यमा आपत्ती जनाएपछि चलचित्र ‘मञ्जरी’ को निर्माणपक्ष आक्रोशित भयो । सामान्य दृश्यमा समेत सेन्सर झमेलामा पर्नु परेपछि निर्माणपक्षले सिनेमा नै सार्ने निर्णय गर्‍यो । बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको ‘मञ्जरी’ हेर्न चैत्र ९ गते पर्खेका दर्शक निराश भए ।चैत्र ९ गते प्रदर्शन हुन नसकेको यो चलचित्र बैशाख २० मा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ । नरेश पाण्डे र महेश चालिसेले निर्माण गरेको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।




गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बजारमा राम्रो चर्चा पाएको थियो । तर डेढ महिना पछि सरेपछि चलचित्रलाई आफ्नो चर्चा कायमै राख्न फेरी मिहिनेत गर्नुपर्ने देखिन्छ ।