रुसबाट
आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा
लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी
छन् । उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक)
छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको
लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको
पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्याङमा बसेको देखिन्छ ।
खुट्टाकै कारणले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी
विद्यालयमा च्याम्पियन थिइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर
पाएपछि उनी यतै बसिन् ।
तर, उनी संसारकी सबभन्दा अग्लि महिला पक्कै होइनन् । संसारकी सबभन्दा लामो
महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो ।
नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ हेर्नुहोस भिडियो उनको खुट्टा कति लामो छ
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment