सन् २०१३ को मिस नेपालको ताज जित्न आज
अन्तिम प्रतिस्पर्धा हुादै छ । एक महिनादेखि सघन प्रशिक्षण र दुई दिनदेखि
क्लोज क्याम्पमा बसेका १८ सुन्दरीमध्ये एक जनाले मिस नेपाल २०१३ को ताज
जित्नेछिन । उनलाई सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले ताज हस्तान्तरण
गर्नेछिन ।आज
साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने कार्यक्रमको नेपाल
टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । प्रतियोगितामा समीक्षा श्रेष्ठ,
रचना भारती, सिपोरा गुरुङ, बिन्दु केसी, माया साउद, इसानी श्रेष्ठ, सुजता
बलामी, मेग्ना श्रेष्ठ, श्रीतीमा शाह, प्रतिमा गिरी, बसिमा बानु, रक्षा
थापा, रोजिशा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, रिजु श्रेष्ठ र
ऐश्वर्य उपाध्याय रहेका छन ।
ताज बिजेताले ५० हजार नगद र मिस वल्र्ड
प्रतियोगितामा भाग लिने अबसर पाउनेछिन । फष्ट रनरअपले ३५ हजार र सेकेण्ड
रनरअपले २५ हजार नगद पुरस्कार पाउनेछन ।