Mar 17, 2013

३ महिलाले गरे १ पुरुषलाई बलात्कार


पुरुष महिलालाई बलत्कार गरेको खबर हाम्रो लागि कुनै नौलो कुरो होइन तर महिलाले बलात्कार गरेको सुन्दा अचम्म लाग्नु स्वभाबिक नै हो । तपाईले मान्छेको नगद धनलाभ चोरिभएको सुन्नु भएकै होला । अझ कपडा, खेती देखी आफ्ना निजि वस्तु र श्रीमती वा श्रीमान समेत अरुले चोरे।को वा तपाईवाट हरेको सुन्नु भएको होला । तर तपाई यौनसम्पर्क गर्दा आउने बिर्यपनि चोरि हुन्छ भन्दा अचम्मीत हुनुहुन्छ होला ।

अचम्मीत नपुर्नहोस जिम्बाबेमा यस्तै भएको छ । सेक्सपछि पुरुषको विर्य चोरेको आरोपमा तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको बताएको छ ।

बिर्ष चोरी र पुरुष बलात्कारमा सघाउने अर्का एक जना पुरुष समेत प्रहरीले पक्राउ गरेको छ । द हेराल्ड पत्रिकाका अनुसार, यो मामिलामा पक्राउ पर्नेमा २६ वर्षकी सोफी, २४ वर्षकी नेत्साइ तथा २८ वर्षकी रोजमेरी छन् । यी तिनैजना दिदीबहिनी हुन् ।

पीडित पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च महिनामा यी तीनजना महिलाले १९ वर्षका युवकलाई गाडिमा लिफ्ट दिएका थिए । गाडिमा चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई पालैपालो सेक्स गर्न भनेका थिए । त्यो युवकले पनि भने अनुसार गर्यो । सेक्सका क्रममा महिलाले पुरुषलाई जबर्जस्ती कण्डम लगाइदिएका थिए र सम्भोगपछि विर्य जम्मा भएको त्यो कण्डम आफुहरुले राखेका थिए ।

यस्तै एक अर्को समाचार अनुसार यी महिलाहरुले एक सैनिकलाई ज्यान मार्ने धम्की दिएर जवरजस्ती सेक्स गराएका रहेछन् । ती महिलाहरुमाथि विभिन्न १४ जना पुरुषलाई जबर्जस्ती सेक्स गराएको अभियोग छ ।

तर यी महिलाहरु पक्राउ पर्नुको कारण भने अचम्मको छ । यिनीहरु चढेको कार दुर्घटना हुँदा कारभित्र भेटिएका कण्डमको आधारमा यिनीहरु पक्राउ परेका हुन् । दुर्घटनाग्रस्त कारभित्र प्रयोग भएको अवस्थाका ३१ वटा कण्डम भेटिएपछि प्रहरीले शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।