अफ्रिकालाई विचित्रताको महादेश पनि भनिन्छ
। यहाँ मानव सभ्यताको प्राचिनतम कुरा देखि लिएर आधुनिक चित्र पनि देख्न
पाइन्छ । अफ्रिका कालो महादेशका नामले पनि चिनिन्छ । तर संस्कृतिका हिसाबले
यो निकै उज्यालो छ । यहाँ असंख्य मौलिक आदिवासी पहिचान तथा संस्कृति
विद्यमान छन् । इथियोपियाको वमो आदिवासी समूदाय पनि यस्तै अनौठो पहिचान
सहितको आदिवासी समुदाय हो ।
निकै कलाप्रेमी मानिने यो आदिवासी समुदाय
जंगलमै बस्ने गर्छ । यिनीहरुले अनुहारमा विभिन्न खाले रंग पोतेका हुन्छन् र
सरीरमा पनि विभिन्न खालका कलाकृति बनाउँछन् । यो आदिवासी समुदायको
जनसंख्या २ लाख छ । हेरौँ वमो आदिवासीको विचित्र संसार