Mar 15, 2013

बिनिता बराल सुपरहिट हुने रे

लामो संघर्ष पछी नेपाली चलचित्रमा अभिनय गरेकी बिनिता बराल अहिले आफ्नो तेस्रो चलचित्र सुपरहिटको प्रचार प्रसारमा निक्कै ब्यस्त छिन  । बिनिता अहिले आफ्नो चलचित्र सुपरहिटको प्रचार प्रसार अलग्ग किसिमले गरि रहेकी छिन ।
चलचित्र क्षेत्रमा चपली हाइटको उपाधि पाएकी बिनिता आफ्नो घाटीमा सुपरहिट लेखेर विभिन्न कार्यक्रमहरुमा जाने गरेकी छिन  । उनले कार्यक्रममा संचारकर्मीहरुलाई आफ्नो घाटीमा सुपरहिट लेखेको चलचित्रको नाम देखाउने गर्दछिन । बिनिता पहिलो चलचित्रबाट निष्कासन भए पछी निक्कै निराश भएकी थिइन् , त्यस पछी उनि चलचित्र चपली हाइटमा काम गर्ने मौका पाए जुन चलचित्रले उनलाई निक्कै चर्चामा ल्याउनुका साथै चपली हाइट गर्लको उपाधि समेत पाए  ।

उनको दोस्रो चलचित्र फुल स्टप भने उनलाई चर्चामा ल्याउन सकेन  । चपली हाइट चलचित्रले बिनितालाई चर्चामा ल्याए भने चलचित्र  फुल स्टपले उनको चलचित्र करियर झन्डै फुल स्टप लगाई दिए, के अब बिनितालाई चलचित्र सुपरहिटबाट सुपरहिट हलिन त ?

0 सबै कमेन्टहरु हेर्नुहोस्: