Mar 14, 2013

२२ दलले कस्ता आन्दोलनका कार्यक्रम घोसणा गर्दैछन ?

आज  नेपाल बन्द होइन

aa 
 प्रधानन्यायाधीशको नेतृत्वमा बनेको चुनावी सरकारको विरोधमा आन्दोलनमा उत्रिएका नेकपा-माओवादीसहितका साना २२ दलले आज आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन् । दिउँसो दुईबजेपछि नेकपा-माओवादीको केन्द्रीय पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा कस्ता प्रकृतिका विरोधका कार्यक्रम सार्वजनिक गर्ने भन्ने विषयको टुंगो लगाउने नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो । दलहरु तत्काल बन्दका कार्यक्रम ल्याउन नहुने मानसिकतामा रहेका कारण सुरुमा अरु नै कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो ।
सरकार विरोधि आन्दोलन भएकाले जनतालाई दुःख नपरर्ने खालका आन्दोलनका कार्यक्रम घोषणा गरिने उहाँले जानकारी दिनुभयो । माओवादीसहितका २२ दलले सरकार विरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । नयाँ सरकार गठन भएलगत्तै विरोधमा उत्रिएका साना दलले बिहीबार दिनभर नेपालबन्द गरेका थिए ।

प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व हस्तान्तरण गरेको विरोधमा नेकपा-माओवादीसहित साना २२ दल आन्दोलनमा उत्रिएपनि आज भने कुनै बन्दका कार्यक्रम नरहेको नेकपा-माओवादीले जनाएको छ ।
आजै बैठक बसी थप आन्दोलन घोषणा गर्ने भएपनि बन्द लगायतका सर्वसधारणलाई असर पुग्ने कार्यक्रम तय नहुने माओवादीले जनाएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: