Mar 16, 2013

खुशीको खबर चुइगम खानुहुन्छ ?

chuigamफुटबल खेलाडी र प्रशिक्षकहरुले खेलका क्रममा पनि चुइगम चपाइरहेको देखिन्छ । खासगरी उनीहरु आफ्नो ध्यान एकै स्थानमा केन्द्रीत गर्न चुइगम चपाउने गर्छन् । हालै भएको एक अध्ययनले यसलाई पुष्टी गरेको छ ।
एक अध्ययनले चुइगम चपाउँदा कुनै एक लक्ष्यका साथ काम गर्न केन्द्रीत हुन सजिलो हुने देखाएको छ । खासगरी सावधानीपूर्वक गर्नु पर्ने काममा यो प्रभावकारी हुन्छ ।
ब्रिटिश जर्नल अफ साइकोलोजीमा प्रकाशित कार्डिफ युनिभर्सिटीले गरेको शोधले यस्तो देखाएको हो । अध्ययनका क्रममा शर्ट टर्म मेमोरीको टास्कमा चुइगम चलाएपछि आवाजलाई पुन दोहो¥याउन भनियो । जसक्रममा चुइगम चपाउने क्रममा सम्झन निकै सहज भएको पाइयो ।