Mar 14, 2013

पाल्पामै खिलराज सहित ५ नेताको पुत्लादहन

अन्तरिम चुनावी सरकारका प्रमुख खिलराज रेग्मीले सिंहदरबारमा पदभार ग्रहण गरेकै दिन उहाँको आफ्नै गृह जिल्ला पाल्पामा विद्यार्थीहरुले पुत्ला दहन गरेका छन् ।
राष्ट्रिय जनमोर्चासमर्थित अखिल छैठौं पाल्पाले तानसेन बजारमा रेग्मीको पुत्ला दशन गरेको हो । पुत्ला दहनको नेतृत्व अखिल छैठौंका केन्द्रीय सदस्य रेशम कँडेलले गरेका थिए । विहीबार छैठौंले रेग्मीको विरोधमा देशैभरि कार्यक्रम गरेको महासचिव घनश्याम न्यौपानेले अनलाइनखबरलाई बताए ।
रेग्मीको पुत्लामा चारदलका प्रमुख नेताहरुको समेत तस्वीर जोडेर पाँचवटा टाउका बनाइएको थियो । by:onlinekhabar
पत्लादहनका दृश्य
regmi-putla-1
regmi-putla-5
regmi-putla-2
regmi-putla-3
regmi-putla-4

0 सबै कमेन्टहरु हेर्नुहोस्: