‘तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ ।
अब म ४५ दिन सुधारगृहमा बस्छु । सुधि्रएर नेपाल नै र्फकनेछु र सामाजिक
संस्थामा लागेर नेपाल र नेपालीका लागि काम गर्न चाहन्छु,’ फागुन ८ गते
अचानक बेहोस भएपछि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गरी थप उपचारका
लागि सुधारगृहमा जाने क्रममा पूर्वयुवराज पारस शाहले थाइल्यान्डमा रहेका
आफ्ना सहयोगी र गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई भेट गर्ने क्रममा सो
कुरा बताउनुभएको हो । बुधबार अस्पतालमा सबैलाई बोलाएर उहाँले धन्यवाद दिँदै
भन्नुभयो-’तपाईहरुले गर्दा मैले पुनर्जीवन पाएँ ।’
१ महिना ७ दिनसम्म उपचार गराएका
पूर्वयुवराज पारसले अब थाइल्यान्डबाट सात सय किलोमिटर टाढा रहेको
च्याङमाईस्थित एक सुधारगृहमा उपचार गराउने हुनुभएको छ । थाइल्यान्ड अदालते
समेत लागु औषधको कुलतमा लागेका पूर्वयुवराज पारसलाई सुधारगृहमा राख्न दिएको
आदेश र पछिल्लो गतिविधिमा परिवारप्रति देखाएको व्यवहारको कारणले गर्दा
उहाँलाई अझै केही दिन सुधारगृहमा उपचारमा राख्नुपर्ने विषयमा परिवार पनि
सहमत भएको खबर नेपाल समाचारपत्रले छापेको छ । पारसलाई आजै सुधारगृहमा लगिने
बैंककस्थित गैरआवासीय नेपाली संघका सचिव पुष्पराज सुवेदीले जानकारी दिए ।
पारसलाई पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी, बहिनी प्रेरणालगायत
राजपरिवारका अन्य सदस्यहरुले सुधार गृहमा लैजाने छन्