Mar 25, 2013

कतै होलि चल्यो कतै आफ्नै बाउमाथि गोलि चल्यो

 सबै तिर होलीको रमझम चलिरहेका बेला साँखु सुन्टोल–९ का २७ वर्षिय सूर्य घिसिङ भरुवा बन्दुकको गोली लागेर घाइते हुनु भएको छ ।
सोमवार बिहान घरायसी विवादमा सूर्यका ४८ वर्षिय बाबु सुकमानले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते घिसिङको अहिले मोडेल अस्पताल जोरपाटीमा उपचार भइरहेको छ । गोली हान्ने सुकमानले महानगरीय प्रहरी प्रभाग साँखुमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।