भाईवर (Viber) : यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट

स्काईप (Skype) : यस सफ्टवेयरको साहायताले ईन्टरनेट कनेक्सनमा रहेका दुई प्रयोगकर्ताहरु कम्प्युटर, मोबाईल फोन ट्याबलेट (Tablet) आदीको प्रयोग गरी एक अर्का सँग कुरा गर्न सक्छन । यसको लागी दुबै प्रयोगकर्ता संग स्काईप खाता हुनु जरुरी छ । जुनसुकै उपकरणमा यो सफ्टवेयर ईन्सटल गरीए पनि स्काईप टु स्काईप (Skype-to-Skype) कुरा गर्न पैसा लाग्दैन । अर्थात तपाईले आफ्नो मोबाईलमा स्काईप ईन्सटल गर्नु भएको छ र तपाईले कुरा गर्न चाहेको ब्यक्तीले उसको ल्यापटपमा यो सफ्टवेयर ईन्सटल गरेको छ भने पनि दुई विच निशुल्क कुरा गर्न सकिन्छ । यसको साहायताले ईन्टरनेट नेटवर्कमा नरहेको मोबाईल फोन वा ल्याण्डलाईन टेलीफोनमा पनि कुरा गर्न सकिन्छ तर यसको लागी तोकीएको शुल्क भुक्तान गर्नु पर्दछ ।
ह्वाट्सएप (WhatsApp) : स्मार्टफोनमा एसएमएस, भिडीयो - अडीयो (Video - Audio ) फाईल पठाउन, कुरा गर्नको लागी यो कहलिएको एप्लीकेशन हो । तपाई यसलाई एन्ड्रोईड, ब्लाकबेरी , आईओएस, सिम्बायोन , विन्डोज मोबाईल अपरेटिङ्ग जडान भएको जुनसुकै फोनमा ईन्सटल गर्न सक्नु हुन्छ । भाईवरमा झै यसमा पनि प्रयोगकर्ताको फोन नम्बर युजरनेम हुने गर्दछ र एप्लीकेशन सिन्क्रोनाईन भएको बखतमा तपाईको कन्ट्याक्ट लिष्टमा भएका कस कसले यो एप्लीकेशन प्रयोग गरीरहेका छन सो देखाउछ । आप्नो कन्ट्याक्ट लिष्टमा भएका ह्वाट्सएप प्रयोगकर्ताहरु अनलाईन देख्नु भयो भने तिनीहरु सँग जहाँ सुकै कुरा गर्दा पनि कुनै प्रकारको शुल्क तिर्नु पर्देन ।
लाईन : यो पनि भाईवर, ह्वाट्सएप जस्तै फ्रि भिओआईपी एप्लीकेशन हो जसलाई तपाई स्मार्टफोन देखी पर्सनल कम्प्युटरमा समेत ईन्सटल गर्न सक्नु हुन्छ ।
काकाओ टक : यो पनि धेरै हिसाबले भाईबर , ह्वाटएप, लाईन जस्तै मोबाईल एप्लीकेश हो जसलाई तपाई आईओएस, एन्ड्रोईड, ब्लाकबेरी र विन्डोज मोबाईल अपरेटिङ्ग सिस्टम जडान गरीएको स्मार्टफोनमा ईन्सटल गर्न सक्नु हुन्छ । ईन्टरनेट नेटवर्क भित्र रहेका प्रयोगकर्ताहरु बिच कुरा गर्द कुनै प्रकारको शुल्क भुक्तान गर्नु पर्देन । हाल सम्म पर्सनल कम्प्युटरमा ईन्सटल गर्न मिल्ने सफ्टवेयर प्रयोगमा नरहेको भए पनि मोबाईल प्रयोगकर्ता बिच यसको साउण्डको गुणस्तरको कारणले लोकप्रिय छ ।
आईकल (iCal) : नाम सुन्दैमा तपाईलाई यो आईफोन वा एप्पल डिभाईसमा मात्र चल्छ होला जस्तो लागेको हुनु पर्छ । तर त्यस्तो हैन तपाई यसलाई एन्ड्रोईड तथा एप्पल अपरेटिङ्ग सिस्टम जडित मोबाईल प्लेटफर्ममा ईन्सटल गरी एकै सफ्टवेयर बाट याहु मेसेन्जर (Yahoo Messanger) , गुगल टक (Google Talk) , फेसबुक (Facebook) च्याट लगायत आईसिक्यु (ICQ), माईस्पेस (MySpace) सुबिधा प्रयोग गर्न सक्नु हुन्छ । यस एप्लीकेशनको प्रयोगले माथी उलेखित प्रदायकहरुको सुविधा प्रयोग गर्न पाउनुको अतिरिक्त निशुल्क भिओआईपी कल गर्न सक्नु हुन्छ ।
नोट : साथीभाई सँगको भलाकुसारी र ब्यक्तीगत प्रयोगको आधारमा यो लिष्ट तयार गरेको हो । मैले माथी उल्लेख गरेको भन्दा पनि उपयोगी र सजिला अन्या भिओआईपी मोबाईल एप्लीकेशन हुनु पर्छ । यहाँलाई यसको बारेमा जानकारी भए तलको कमेन्ट बक्समा जानकारी दिनु भए म यो लिष्ट अध्यावधी गर्दै लाने थिए । - धन्यबाद