Mar 19, 2013

HIV ADIS पनि अब सन्चो हुने



संक्रमणको शुरुवातमै उपचार गरे एआईभी नियन्त्रण गर्ने सकिने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । फ्रान्सेलि अनुसन्धानकर्ताहरुले शुरुवात देखीनै औसधी सेवन गरेर छाडेका १४ एचआईभी संक्रमितको स्वास्थ्य अवस्था अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्।
औसधी सेवन गरेपछि ती व्यक्तिहरुमा अहिले एचआईभी विषाणु सक्रिय नरहेको पाइएको थियो।
प्रारम्भिक चरणदेखिनै उपचार गरएकी एचआईभी पिडित एक बालिका पुर्णरुपमा ठीक भएको तथ्य सार्वजनिक भएको थियो।
यो उपचार एचआईभी संक्रमण भएको शुरुवाती अवस्थाममै गर्नु पनि भएपनि विषाणुले पुरै कमजोर बनाइसकेपछिमात्रै एचआईभी भएको पत्ता लागे गरेकाले यो उपचार केही कठिन रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन्।
अनुसन्धान कर्ताहरुले शुरुवाती अवस्थामा रहेका एचआईभी संक्रमितहरुलाई एन्टीरेट्रो भाइरल ड्रग्स तीन वर्षसम्म दिएपछि छुटाएका थिए। उक्त औसधीले एचआईभी विषाणुलाई शरिरमा थप
बढ्न नदिने तर पुरै नष्ट भने गर्न नसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।