भर्खरै मिस नेपालको ताज पहिरन सफल इशानी श्रेष्ठ तिनै युवती हुन जो केही समय अघि चलचित्रमा नायीका बन्न असफल रहेकी थिइन्, भन्दा पत्यार नलाग्न सक्दछ। इशानीले मिस नेपालमा प्रतिष्पर्धा गर्नु नेपाली चलचित्रहरुमा नायीकाको रुपमा काम गर्ने निकै कोशिस गरेकि थिइन्। उनले धेरै निर्माता,निर्देशकलाई पनि भेटेको बताइन्छ,तर कसैले पनि उनलाई पत्याएनन्। त्यही नपत्याकै कारण उनि मिस नेपालमा प्रतिष्पर्धा गर्न गइन र आज मिस नेपाल पनि बनिन्।

भाग्यमानी इसानी चलचित्रमा काम गर्न पाएको भए पक्कै पनि मिस नेपाल प्रतियोगितामा जाने थिइनन होला। भन्नै पर्ने हुन्छ- चलचित्रमा काम पाइनन् त्यसैले मिस नेपालको ताज पहिरन सफल भइन्।
काठमाडौ निवासी ५ फिट ६ इन्च उचाइकी २१ वर्षीय इशानी डेन्टिस्ट पढिरहेकी छिन् । उनले मिस नेपाल- २०१३ को ताजसहित ५० हजार रुपैयाँ पाएकी छन् । फस्ट रनर अप सिन्धुलीकी रोजिशा शाही र सेकेन्ड रनर अप सृतिमा शाह भइन् । सेकेन्ड रनर अप भएकी १९ वर्षीया रोजिशा र २१ वर्षीया सृतिमा दुवै बीबीएका विद्यार्थी हुन् । शाहीले मिस अर्थ र शाहले मिस एसिया प्यासिफिकमा सहभागिता जनाउनेछन् ।