Mar 18, 2013

विश्व कै होची महिला अब आइटम डान्समा


कसले भन्छ आइटम डान्स गर्न लामा लामा खुट्टा र पोटिलो छाति चाहिन्छ भनेर ? यदि कोही यसो भन्छ भने ऊ शतप्रतिशत गलत हुन्छ । आइटम डान्स गर्न न त सलक्क परेको लामो जिउ चाहिन्छ, न त पुष्ट छाति र खम्बे तिघ्रा । यसको लागि त केवल मन चाहिँदो पो रहेछ । विश्वकी सबैभन्दा होँची महिला ज्योति आमगेले एक बलिउड फिल्मका लागि आइटम डान्स गर्ने निर्णय गर्दै यो कुरालाई प्रमाणित गरेकी हुन् ।
दुइ फुट पनि उचाइँ नभएकी भारतीय महिला ज्योति ‘प्यार मे लोचा’ नामक फिल्ममा आइटम डान्स गर्ने भएकी हुन् ।
आफुले कटरिना कैफले जस्तै आइटम डान्स गर्न सक्ने दाबी ज्योतिको छ । तर उनी कसैको नक्कल गर्न चाहन्निन् र आफ्नै मौलिक आइटम डान्स गर्नेछिन् ।
आगामी महिला यो आइटम डान्सको सुटिङ सुरु हुने बताइएको छ । फिल्म निर्देशक फरहान अख्तरले ज्योतीको आइटम डान्स निकै सेक्सी हुने तर भल्गर नहुने दाबी गरे ।
स्मरण रहोस् यो फिल्म ज्योति कै यथार्थ जिन्दगीमा आधारित हुनेछ ।