Mar 20, 2013

गुगलले खिचेका सगरमाथाका यि मनमोहक तस्बिरहरु हेर्नुहोस् ।

तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि अब अनलाइनबाटै सगरमाथा चढेको अनुभव गर्न सक्नुहुनेछ । चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेपछि बिश्वभरका अनलाइन प्रयोगकर्ताले यो सुबिधा पाउने भएका छन ।
mnt
समाचार संस्था एएफपीका अनुसार गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिने गुगल एन्भान्चरर डन फ्रडिन्वर्ग बताउँछन ।
गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफि्रकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको गुगलले बताएको छ ।