Mar 27, 2013

किन धोका दिन्छन पुरुषहरुले ???

CheatingGeneLS आफ्नी श्रीमतीको आँखा छलेर वा ढाँटेर अर्कै सँग लहसिने मामिलामा पुरुषहरु निकै अघि हुन्छन् भनिन्छ । यो आम मान्यता भएपनि सबैकेा हकमा लागु नहुन सक्छ र हुँदैन पनि । श्रीमती वा पार्टनरको आँखामा छारो हालेर परस्त्रीसँग सल्किने अर्थात् श्रीमतीलाई धोका दिने पुरुष चरित्रका पछाडि विभिन्न कारणहरुको हात हुने मनोविज्ञहरुको भनाई छ ।
कतिपय अवस्थामा पुरुषहरु आफ्नी श्रीमतीलाई मन नपराउने, हेला वा घृणा गर्ने कारणले अर्कै महिलाप्रति आसक्त बन्दछन् त कतिपय अवस्थामा आफ्नी श्रीमतीप्रति पनि इमान्दार देखिँदै उसले थाहा पाउँदैन वा रंगेहात पक्रिन सक्दैन भन्ने ढुक्क भएर बँच्दै बँच्दै परस्त्रीगमन गर्ने गर्छन् । पुरुषको यस्तो धोकेबाजी चरित्रका पछाडि रहेका ८ कारण निम्न छन् :
. दाम्पत्य जीवनमा आएको उतारचढाव पुरुषहरुका लागि श्रीमतीमाथिको धोकाको पहिलो कारण हो । श्रीमतीसँग हुने झगडा तथा अन्य पारिवारिक कलहका कारण वैवाहिक जिवन सुखी हुन नसक्दा पुरुष अर्को जिवनसाथीको खोजिमा भौतारिन्छ, चाहे त्यो अवैध वा अस्थायी नै किन नहोस् ।
२.विवाहित जिवनको समयतालिका कोही पुरुषको लागि निकै दिक्क लाग्दो हुन्छ । एक जना पार्टनरसँग मात्र हुने नियमित सम्भेागबाट सन्तुष्टिको तह पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा दाम्पत्य जिवन तथा यौनसुखलाई पुनःभरण गर्ने उपाय खोज्नुको साटो धेरै पुरुषहरु नयाँ स्वादको खोजी गर्छन् । अन्ततः उनीहरु श्रीमतीप्रति कृतघ्न बन्दै अर्कैसँग अवैध सम्बन्ध गाँस्न पुग्छन् ।
.कतिपय भोगी पुरुषहरुका लागि अति कामेच्छा नै परस्त्रीगमनको कारक बन्दछ । उनीहरुले श्रीमती अर्थात् एक पार्टनरसँगको सम्भोगले यौन जिवन पर्ूण्ा भएको वा यौनको तिर्खा मेटिएको ठान्दैनन् । उनीहरुको यौन चरित्र नै फरक पार्टनरसँग फरक ढंगले यौनसम्बन्ध स्थापित गर्नु हुन्छ । यस्तो यौनचरित्रका पुरुषहरु विवाहित भैसकेपछि पनि धेरै महिलासँग सम्बन्ध स्थापित गर्न हिच्किचाउँदैनन् र केही नसोँची परस्त्रीगमन गर्छन् ।
. कतिपय अवस्थामा महिला पार्टनर वा श्रीमतकै कारण पनि पुरुषहरु धोखाधडीको बाटो रोज्न बाध्य हुन्छन् । श्रीमतीको अत्यधिक व्यस्तता, यौन प्रतिको अरुची, सेक्समा अनुदारपन तथा परम्परावादी शैलीका कारण पनि पुरुषहरु सेक्समा उदार तेश्रो पक्षको खोजी गर्न थाल्छन् । बच्चा, सासु ससुरा तथा घरपरिवारका लागि बढि समय दिएर लोग्नेको लागि समय छुट्टाउन नसक्ने महिलाका श्रीमानहरु बाध्यताबस श्रीमतीलाई धोका दिने बाटो रोज्न पुग्छन् ।
.बाल्यकाल तथा किशोर अवस्थामा आफ्ना अभिभावक, छिमेकी तथा नातागोताका महिला पुरुष तथा आफ्नै दौँतरीहरुको बानी व्यहोरा तथा चिटिङ देखेका पुरुषहरु देखासिकीकै कारण पनि धोकेबाज बन्ने सम्भावना हुन्छ ।
.श्रीमतीले आफुलाई धोका दिएको वा परपुरुषसँग सम्बन्ध गाँसको गोप्य रुपमा थाहा पाएका श्रीमानहरु त्यसप्रति भौतिक रुपमा प्रतिकारमा नउत्रिइ परस्त्रीगमन वा धोकाको हतियार प्रयोग गरी श्रीमतीमाथि बदला लिन पनि धोकेबाज बन्ने गर्छन् ।
७.वैवाहिक सम्बन्धबाट असन्तुष्ट रहेका पुरुषहरु श्रीमतीबाट छुटकारा पाउन वा डिभोर्सका लागि बाध्य पार्ने हतियारको रुपमा पनि परस्त्रीसँग सम्बन्ध गाँस्छन् वा श्रीमतीले थाहा पाउने गरी नै अर्कै महिलासँग सल्किन्छन् । ता की श्रीमतीलाई लोग्नेको चरित्र ज्ञात होस् र धोकेबाज श्रीमानप्रति घृणाभाव जागी डिभोर्सको निर्ण्र्ााा पुगुन् ।
.आफ्नी श्रीमतीले आफ्नो मनको कुरा नबुझ्ने र आफुलाई भाउ नदिने कुराको अनुभुती जब पुरुषहरुले गर्छन् तब उनीहरु आफ्नो मनको कुरा बुझ्ने पार्टनरको खोजीमा लाग्छन् ।