मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा मुसलधारे वर्षा हुने जनाएको छ ।

केही दिनदेखि सामान्य बन्दैगएको काठमाडौं उपत्यकाको मौसममा अघिल्लो दिनदेखि केही प्रतिकूल गतिविधि विकसित भई त्यसको प्रभावस्वरुप ८ चैतमा विभिन्न स्थानमा क्षणिक वर्षा भएको छ ।
पहाडी भेगमा हुने मुसलधारे वर्षापछि देशका पहाडी तथा तराई क्षेत्रमा समेत घाम लागेर क्रमिक रुपमा गर्मी चढ्न शुरु हुनेछ ।