Mar 4, 2013

गुगलले भुत भेटायो !


पृथ्वीको विस्तृत स्याटेलाइट नक्सा उपलब्ध गराउने साइट गुगल अर्थमा भुत देखा परेको छ । बेलायतको दक्षिण ग्लुसेस्टरसाएरस्थित चार्टलन गाउँको फिल्टोन विमानस्थल क्षेत्रको गुगल नक्सामा भुत देखा परेको हो ।

ब्रिस्टोल निवासी फिओना पावेलले भुताहा गाउँ भनिने उक्त क्षेत्रलाई गुगल अर्थमा हेर्दा अँध्यारो भुत आकृति देखा परेको हो । गाउँलाई डोजर लगाएर विमानस्थल विस्तारको काम भएको उक्त क्षेत्रमा एक जना कालो मान्छे जस्तो भुत तस्वीरमा देखिएको छ ।
अहिले विमानस्थल रहेको त्यो क्षेत्र पहिले भुत पाइने गाउँ रहेको कुरा आफुले पढेपछि त्यसबारेमा जान्न आफुलाई रुची लागेको र आफुले गुगल अर्थमा त्यो क्षेत्रका बारेमा खोज्दा भुत देखा परेको उनले बताइन् । यद्यपि त्यो साँच्चीकै भुत भए नभएको वा त्यो कुनै वस्तुको छाया रहेको भन्ने कुराको भने एकिन हुन सकेको छैन 

1 सबै कमेन्टहरु हेर्नुहोस्: